०६ साउन २०८३, बुधबार

पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

साउन २९, २०७५
पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

रोम– इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । 


उप–यातायात मन्त्रीले दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको बताएका छन् । घटनामा परी केही अन्य मानिसहरू पनि सम्पर्कमा नआएका र केहीलाई सख्त घाइते अवस्थामा अस्पताल लगिएकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने उप–मन्त्री एडोआर्डो रिक्सीलाई उद्धृत गर्दै इटालीको टेलिभिजन च्यानल स्काई टिजी २४ ले जानकारी गराएको छ । 

ए १० सडक अन्तर्गतको पुल भत्किएर रेलमार्गमा खसेको र केही व्यक्ति सम्पर्कमा नआएकाले पुलको भग्नाबशेषमा परेको आशङ्कामा त्यसलाई हटाउने कार्य स्थानीय नागरिक र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेको मन्त्री रिक्सीले बताए । 

घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारले भने पुल भत्किएसँगै केही कार र ट्रकहरू भग्नाबशेषमा फसेका छन् भने पुलबाट सिमेन्टले बनेका पथ्थरका ठूलाठूला टुक्राहरूले नजिकैका घरहरूमा समेत क्षति पुगेको बताइएको छ । 
इटालियाली सञ्चारमाध्यमका अनुसार मोरान्डी पुलको २०० मिटर भाग भत्किएको छ । पुल ग्रीनविच समय अनुसार मङ्गलबार विहान १० बजे भत्किएको हो । 

salt training

कमेन्ट गर्नुहोस्