१७ असार २०८३, बुधबार

नेपालीलाई जबरजस्ती देशनिकाला गर्ने बेलायतको प्रयास असफल

साउन ३०, २०७५
नेपालीलाई जबरजस्ती देशनिकाला गर्ने बेलायतको प्रयास असफल

लन्डन–एक नेपालीलाई जबरजस्ती देशनिकाला गर्ने बेलायती अध्यागमन अधिकारीको प्रयास असफल भएको छ । शरणार्थीको आवेदन दिएका समलिंगी नेपालीलाई अध्यागमन अधिकारीले गत अगस्ट ५ मा डिपोर्ट गर्न डिटेन्सन सेन्टरबाट हिथ्रो विमानस्थल पुर्याएका थिए । 

तर मुम्बई उड्न लागेको जेड एयरवेजका पाइलटले लैजान नमानेपछि डिपोर्ट प्रक्रिया रोकिएको हो । 

अध्यागमनका ४ कर्मचारीले ती नेपालीलाई अभद्र व्यवहार गर्दै विमानस्थलको टर्मिनल ४ मा रहेको जेट एयवेजको अन्तिम सिटतिर घिसार्दै लगेका थिए । तर चर्को स्वरमा चिच्याउन थालेसँगै पाइलटले उनलाई उडाउन मानेनन् ।

पाइलटले नेपालीप्रति सहानुभूति राखेर उडाउन मानेनन् या अरु कारणले भन्नेबारे नखुलेको समाचार कान्तिपुर दैनिकले लेखेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्