०८ असार २०८३, सोमबार

बस र ट्रक ठोक्किँदा १६ जना घाइते, ५ जना गम्भीर

बस र ट्रक ठोक्किँदा १६ जना घाइते, ५ जना गम्भीर

दमौली – बस र ट्रक एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।

दमौलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक बुधवार पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङमा दुर्घटना भएको हो । 

गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्