२० असार २०८३, शनिबार

समुद्रको लहरले लडायो बच्चीलाई, बचायो कुकुरले (भिडियो)

समुद्रको लहरले लडायो बच्चीलाई, बचायो कुकुरले (भिडियो)

काठमाडौं – फ्रान्समा समुद्री लहरमा एक बच्ची खेलिरहेकी थिइन् । अचानक लहर बढे । अनि बच्चीनजिक रहेको घरपालुवा कुकुरलाई खतरा अनुभव भयो । 

उसले बच्चीको कपडालाई दाँतले च्याप्यो र खिच्दै समुद्र किनारसम्म पु–यायो । यो घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मानिसहरू कुकुरलाई खुबै प्रशंसा गरिरहेका छन् । 

गौविल–सुर–मेर नजिक मात्यास नामक बालिका पौडी खेलिरहेकी थिइन् । उनलाई लहर बढेपछि हजुरबुवाको कुकुरले तानेर किनारमा ल्यायो । 

समुद्रको लहरले लडाएपछि बच्चीको कपडामा दाँतले च्यापेर कुकुरले किनारमा ल्याएको देखिन्छ । 

घटना भइरहँदा बच्चीको अनुहारमा मुस्कान देखिन्छ । कुकुरसँग खेलेजस्तो मात्र लाग्यो बच्चीलाई । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्