१० साउन २०८३, आइतबार

बेस्ट फ्रेन्डसँग बिहे गर्न आठ लाख तिरेर यस्तो हर्कत

कात्तिक २०, २०७४
बेस्ट फ्रेन्डसँग बिहे गर्न आठ लाख तिरेर यस्तो हर्कत
काठमाडौं, ८ फागुन — मानिसभित्र रहेको इच्छाले उसलाई जे गर्न पनि बाध्य बनाउँछ । आफ्नो चाहना पूरा गर्न मानिसहरू जे पनि गर्न चाहन्छन् । भारतको गुजरात राज्यका एक पुरुषले आफ्नो एकदमै मिल्ने साथीसँग बिहे गर्नका लागि लिंग परिवर्तन गरेका छन् ।


आठ लाख रुपैयाँ खर्च गरेर उनी केटाबाट केटी भएका छन् । भ्यालेन्टाइन्स डेका दिन मन्दिरमा उनीहरूको बिहे भयो ।

रवि अर्जुन दास हिंगोरानीले बाल्यकालदेखिको साथी प्रेम कुरमार चन्दाणीसँग बिहे गर्नका लागि लिंग परिवर्तन गरेका हुन् ।

उनीहरू पहिल्यैदेखि एकदमै मिल्थे र छिमेकमा सँगै खाने खेल्ने गर्थे । रवि खासमा सानैदेखि केटीको कपडा लगाउने, उनीहरू जस्तो गरी हिँड्ने र मेकअप गर्ने गर्थे । उनले साथी प्रेमलाई भने, ‘मलाई केटी हुन मन छ । तर म लिंग परिवर्तन गरेर केटी भएँ भनेपनि मसँग कसैले बिहे गर्न चाहँदैन होला ।’

आफ्नो मन मिल्ने साथीको यो कुरा सुनेपछि प्रेमले उनीसँग बिहे गर्ने निर्णय गरे । त्यसपछि दुवैजना मुम्बई गए अनि रविले लिंग परिवर्तन गरे । रविले नाम फेरेर टिया राखेका छन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्