१३ असार २०८३, शनिबार

बाजुराकाे मालिका माविमा शंकास्पद बस्तु फेला

बाजुराकाे मालिका माविमा शंकास्पद बस्तु फेला
सन्दर्भ तस्वीर

बाजुरा– बाजुराको बडीमालिका गाउँपालिका–९ मा रहेको मालिका नमूना माध्यमिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको छ । सानो बट्टालाई सेतो कागजले बेरेको र तार बाहिर निस्किएको अवस्थमा शंकास्पद बस्तु फेला परेको हो । 

भित्तामा खतरा र भूइँमा ‘डन्ट टच’ लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको घटना स्थलमा रहेका इन्सपेक्टर लोकेन्द्र गुरुले जानकारी दिए । विद्यालयको सिंढीमा फेला गरेको उक्त बस्तु डिस्पोज गर्ने तयारी भइरहेको छ । 

घटना स्थलमा प्रहरीको टोली पुगी सकेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुग्दै छ । सो विद्यायमा आज प्राविधिक विषयको परीक्षा चलिरहेको अवस्थामा शंकास्पद बस्तु फेला परेको बताइएको छ । 
शंकास्पद बस्तु फेला परेपछि परीक्षा प्रभावित भएको छ । परीक्षा विथोल्नका लागि शंकास्पद बस्तु राखिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्