०५ असार २०८३, शुक्रबार

मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित, पराजित  उम्मेदवारले भने–धाँधली भयो

भदौ १, २०७५
मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित, पराजित  उम्मेदवारले भने–धाँधली भयो

माली– मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित भएका छन् । 
आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उनी  पुनः निर्वाचित भएको त्यहाँको निर्वाचन कार्यालयले  जनाएको छ । 
विदेशी पर्यबेक्षकहरुको कडा निगरानीकाबीच भएको निर्वाचनबाट ७३ बर्षीय केइटाले ६७.१७ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन् । 

गत आइतबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी तथा पूर्व अर्थमन्त्री सौमैला सिसेले ३२.८३ प्रतिशत मत ल्याएका छन् । 

भूपरिवेष्ठित मुलुक मालीमा झण्डै २० प्रकारका आदीवासीहरूको मुख्य बसोबास रहेको छ । उनीहरूबीचमा द्वन्द्वपनि रहेको छ । 
द्वन्द्वहरूमा पनि यस बर्ष मात्रै सयौँ मानिसको मृत्यु भएको थियो । निर्वाचनका बेला द्वन्द्वको विषयलाई नै विपक्षीहरूले मुख्य मुद्दा बनाएका थिए ।
निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहहरूले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीहरुको दावी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्