०४ असार २०८३, बिहीबार

जब चिनियाँ दूतावासमा भेडा लिएर पुगेका थिए वाजपेयी...

जब चिनियाँ दूतावासमा भेडा लिएर पुगेका थिए वाजपेयी...

काठमाडौं – सन् १९६५ मा सिक्किम सीमामा भएको एक घटनाले चीनका लडाकूहरूले भारतप्रति बनाएको दृष्टिकोण प्रस्ट पार्छ । दुई देशबीच आदानप्रदान भएको पत्रबाट पत्ता लागेअनुसार, चीनले तिब्बतका गोठालाबाट भारतीय सैनिकले ८०० भेडा र ५९ याक चोरेको आरोप लगाएको थियो । 

चीनले आफ्नो जनावर भारतसँग माग्यो र फिर्ता नदिएमा जुनसुकै परिणाम भोग्न तयार रहनू भन्यो । 

चीनको आरोपको विरोध गर्नका लागि त्यतिखेर सांसद रहेका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी दिल्लीस्थित चिनियाँ दूतावासमा भेडाको झुण्डै लिएर पुगे । त्यहाँ प्रदर्शनकारीहरूले अब चीन भेडा र याकका विषयमा विश्वयुद्ध शुरू
गर्नेछ भने । प्रदर्शनकारीहरूले बोकेको पम्फ्लेटमा लेखिएको थियो, ‘हामीलाई खानुस् तर संसारलाई बचाउनुस् ।’

यो प्रदर्शनका कारण आफूले दिएको धम्की सार्वजनिक भयो भनी चीन चिन्तित बन्यो । त्यसपछि चीनमा रहेको भारतीय दूतावासलाई एक क्रोधपूर्ण पत्र पठाइयो अनि वाजपेयीको विरोध प्रदर्शनमा भारत सरकारको समर्थन रहेको
गुनासो गरियो । पत्रमा भारतीय सैनिक चीनको क्षेत्रमा घुसेको र त्यहाँ निर्माण कार्य पनि गरेको आरोप लगाइयो ।

भारत सरकारले यसको जवाफ दियो अनि वाजपेयीको भेडा प्रदर्शनका बारेमा लेख्यो, ‘चिनियाँ दूतावासअगाडि भएको शान्तिपूर्ण प्रदर्शनमा भारतको सरकारको संलग्नता छैन । यो चीनको धम्कीविरुद्ध भारतीय नागरिकले गरेको शान्तिपूर्ण र रमाइलो प्रदर्शन थियो ।’

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्