०८ साउन २०८३, शुक्रबार

बाढीपहिरोले जनजीवन प्रभावित भएकोबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

बाढीपहिरोले जनजीवन प्रभावित भएकोबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं –प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढीपहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य समयमा बोल्ने सांसदहरू लक्ष्मी परियार, बिन्दा पाण्डेलगायतले अविरल वर्षाका कारण देशका धेरै भागमा जनजीवन प्रभावित भएको हुँदा बाढीपीडितको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे ।

सांसदहरू सरिताकुमारी गिरी र सीताराम महतोले मुश्लिम धर्मावलम्बीलाई बकर इदका दिन सार्वजनिक छुट्टी दिन सरकारसँग माग गरे । 

सांसद सानु सिवाले काठमाडौंमा करीब ५०० सुकुम्बासीले स्वच्छ खानेपानी खान नपाएको हुँदा सो बस्तीमा स्वच्छ मेलम्चीको खानेपानी दिन माग गरे ।

सांसदहरू सूर्यप्रसाद पाठक र सुजाता परियारले स्थानीय तहमा कर लगाउँदा वैज्ञानिक ढङ्गले लगाउने पद्धतिको विकास गर्न माग गगरे ।

salt training

कमेन्ट गर्नुहोस्