
काठमाडौं – एप्पलको सर्भरबाट डाटा ह्याक गर्न एकदम गाह्रो छ भन्ने विश्वास रहिआएकोमा १६ वर्षीय एक किशोरले कम्पनीको डाटामा पहुँच बनाएका छन् ।
द भर्ज न्युज वेबसाइटको रिपोर्टअनुसार, अस्ट्रेलियाका ती किशोरले कम्पनीको सर्भरबाट ९०जीबी डाटा चोरे । चोरेपछि उनले ह्याकी ह्याक ह्याक नामक फोल्डर पनि सर्भरमा बनाए र ह्याकसम्बन्धी जानकारी त्यसमा सेभ गरे ।
नाबालक भएका कारण ह्याकरको नाम सार्वजनिक गरिएको छैन ।
किशोरले भर्चुअल प्राइभेट नेटर्कमार्फत ह्याक गरेका हुन् । आफ्नो पहिचान गोप्य राख्नका लागि भीपीएन बनाइन्छ ।
ह्याक आक्रमणका क्रममा उनले अथोराइज कीजको पनि एक्सेस हासिल गरे अनि प्रयोगकर्ताको लगइन र पासवर्ड पनि चेक गरे । तर एप्पलले आक्रमणका लागि प्रयोग गरिएको ल्यापटपको सिरियल नम्बर पत्ता लगायो अनि अनुसन्धान गर्दै जाँदा किशोरलाई समात्यो ।
अस्ट्रेलियन फेडेरल पुलिसले दुई ल्यापटप, एक मोबाइल फोन र एक हार्ड ड्राइभ बरामद गरेको छ । रिपोर्टअनुसार, डाटा ह्याक गरेपछि किशोरले स्क्रीनशट गरेर आफ्ना साथीहरूसँग ह्वाट्सएपमा पनि शेयर गरेका थिए ।
कुनै कसरी डाटा चोरे भन्ने विस्तृत जानकारी प्राप्त भएको छैन ।
किशोरका वकिलले उनी एप्पल कम्पनीको ठूलो फ्यान भएको र एप्पलका लागि काम गर्न चाहेको बताए । किशोरलाई अदालतले दोषी ठहर गरेको छ तर सजायको घोषणा गरेको छैन ।
एप्पलको डाटा यति ठूलो मापदण्डमा चोरी भएको थिएन । तर १६ वर्षे किशोरले डाटा चोर्नु अचम्मको कुरा हुन गएको छ ।
एजेन्सी