०२ असार २०८३, मंगलबार

कस्तो ठ्याक्कै हातको औंलाजस्तै गाजर ?

कस्तो ठ्याक्कै हातको औंलाजस्तै गाजर ?

काठमाडौं – लन्डनमा बस्ने विलकिन्सन बुधवार बगैंचामा तरकारी टिप्न जाँदा छक्क परिन् । उनी बच्चाको हात जस्तो देखिने गाजर देखेर छक्क परेकी हुन् । 

त्रिसट्ठी वर्षीया विलकिन्सन बेलायतको अलवर्स्टनमा बस्छिन् । विलकिन्सनले भनिन्, ‘मैले यो गाजर बगैैंचाबाट तान्दा झस्यांग भएँ । यो त ठ्याक्कै बच्चोको हातजस्तो पो देखिन्छ । मलाई सामान्य अवस्थामा आउन केही समय लाग्यो ।’

विलकिन्सन भन्छिन्, ‘गाजरको यस्तो आकार कसरी बन्यो मलाई थाहा छैन । यहाँ त कुनै ढुंगा पनि छैन । ढुंगा भएको ठाउँमा यस्ता आकार बन्छन् । त्यसैले यो एक रहस्य हो ।’

यसअघि पनि अर्को गाजर भुइँबाट तान्दा दुईवटा खुट्टाको आकार देखिएको उनी बताउँछिन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्