०८ असार २०८३, सोमबार

पाकिस्तान : नयाँ प्रधानमन्त्री खानले आज शपथग्रहण गर्ने

पाकिस्तान : नयाँ प्रधानमन्त्री खानले आज शपथग्रहण गर्ने

काठमाडौं–पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । पूर्व क्रिकेटर खान पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शुक्रबार नियुक्त भएका हुन् ।

खानको शपथ शनिवार हुँदैछ । पाकिस्तान तेहरिक–ए–इनसाफ (पीटिआई) का अध्यक्ष रहेका खान पाकिस्तानको २२औँ प्रधानमन्त्री बनेका हुन् । राष्ट्रिय सभाका प्रवक्ता असद क्वाइसरले मत गणनापछि प्रधानमन्त्रीको नाम घोषणा गरेका हुन्। राष्ट्रिय सभामा भएको मतदानमा खानले १७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी पाकिस्तान मुस्लिम लिग नवाजका शेहबाज शरिफले ९६ मत पाए।

उनका पार्टी पीटिआईले जुलाईमा भएको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको थियो । आफ्नै पार्टी स्थापना गरेको दुई दशकपछि साना पार्टीहरुको सहयोगमा सन् १९९२ को विश्वकप क्रिकेट विजेता इमरान खान प्रधानमन्त्री बनेका हुन् ।

६५ वर्षिय खानले पाकिस्तानलाई नयाँ पाकिस्तान बनाउने यसअघि नै बताउँदै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्