१८ असार २०८३, बिहीबार

जोली एलएलबी २ ले कमायो यति करोड, जान्नुस् आजसम्मको कमाइ

कात्तिक २०, २०७४
जोली एलएलबी २ ले कमायो यति करोड, जान्नुस् आजसम्मको कमाइ
मुम्बई – बलिउड कलाकार अक्षय कुमारको चलचित्र जोली एलएलबी २ ले ८ दिनमा ८१ करोड बराबरकाे  व्यापार गरेको छ । उक्त चलचित्रलाई सुवास कपुरले निर्देशन गरेका हुन् ।

चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । दर्शकले चलचित्रलाई रुचाएका पनि छन् । समीक्षकबाट सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेको चलचित्रको व्यापार भने राम्रो देखिएको छ ।


उक्त चलचित्रको बक्स अफिस बिस्तारै बिस्तारै भइरहेको छ । चलचित्रले प्रदर्शनको पहिलो सप्ताहमा ५० करोडको व्यापार गरेको थियो । तर यो चलचित्रले पहिलो हप्तामा नै सय करोड कमाउने आशा गरिएको थियो । अझैपनि चलचित्रले सय करोड क्लबमा सहभागी हुने आशा राखिएको छ ।

ड्रामा चलचित्र भनिएको यो चलचित्रमा अक्षय कुमार एक वकिलको भूमिकामा देखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्