
अनलाइन शपिङको क्रेज पछिल्लो समय निकै बढेको छ । मानिसहरू घरमै बसीबसी शपिङ गर्न मन पराउँछन् ।
घरमै बसेर शपिङ गर्ने ध्याउन्नमा चीनकी एक महिलाले नसोचेको चिज डेलिभरी पाइन् ।
चीनको झेझियाङ प्रान्तस्थित सुचाङ निवासी झाङ नामकी महिलाले हेल्थ केयर प्रोडक्ट अर्डर गरेकी थिइन् ।
घरमा सामान डेलिभरी भएपछि उनले प्याकेट खोलिन् ।
प्याकेटबाट अचम्मको गन्ध आइरहेको थियो । खोल्दा त त्यहाँभित्र मसेको गोही र छेपारो रहेछ ।
त्यसमा एउटा ट्याग पनि थियो । त्यसैको सहारामा प्रहरीले यस्तो हुनुको कारण पनि पत्ता लगाएको छ ।
अर्कै व्यक्तिले जीवित गोही र छेपारो अर्डर गरेका रहेछन् । तर गलत ठाउँमा डेलिभरी भयो । डेलिभरीमा लामो समय लगाउँदा दुवै जीव मरेका रहेछन् ।