
काठमाडौं –राजपा सांसदहरूको विरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभामा सम्बोधन शुरू गरेका छन् ।
कैलाली – १ बाट निर्वाचित रेशम चौधरीलाई थुनामा राखेको, उनलाई अहिलेसम्म शपथग्रहण नगराएको लगायतका विषयमा विरोध जनाउँदै राजपा सांसदहरूले विरोध गरेका हुन् ।
उनीहरूको विरोधका बीच सभामुखले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिएपछि राजपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।