१२ असार २०८३, शुक्रबार

चीनबाट आउने रेलमा के फिर्ता पठाउने ? बल्ल आयो प्रधानमन्त्रीको जवाफ !

चीनबाट आउने रेलमा के फिर्ता पठाउने ? बल्ल आयो प्रधानमन्त्रीको जवाफ !
फाइल फोटो

जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं विद्युतीय कार्गो रेलसम्बन्धी सम्झौता भयो ।

यो सम्झौतापश्चात धेरैले प्रश्न गरे– 'उताबाट ल्याउने चिज त छ, यताबाट के पठाउने ? अर्थात् के निर्यात गर्ने ?'

त्यसको केही महिनापछि प्रधानमन्त्री ओलीले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुबारे उल्लेख गर्नुभएको छ ।

'म चीन जाँदा केरुङ–काठमाडौं रेलको कुरा गरें । रेल ल्याउने कुरा भयो । प्रश्न उठ्यो– रेलमा उताबाट ल्याउन त अनेक चिज ल्याउँला, यताबाट के राखेर पठाउने ?' प्रदेश २ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो– 'हामी हिमाली भेगबाट ट्याङ्करका ट्याङ्कर पानी पठाउन सक्छौं । हामीसँग हिमाली भेगमा प्रशस्त मिनरल वाटर छ ।'

साथै प्रधानमन्त्री ओलीले आफू भारत जाँदा वीरगञ्ज–काठमाडौं रेलमार्ग बारे पनि कुराकानी गरेको बताउनुभयो ।

यसैगरी पूर्वपश्चिम रेल तराई/मधेसबाटै चल्ने भन्दै उहाँले त्यसबाट प्रदेश २ ले लाभ लिनसक्ने बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्