१० साउन २०८३, आइतबार

‘बिरामीमाथि खेलबाड गर्ने कानूनको भागीदार’

‘बिरामीमाथि खेलबाड गर्ने कानूनको भागीदार’

काठमाडौँ– कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले इजाजत प्राप्त चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए कानूनको भागीदार हुनुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री ढकालले बिरामीको उपचार गर्दा असल मनसाय नराख्ने, अनावश्यक दुःख दिने र लोभलालचमा फसेर बिमारीलाई पटकपटक झमेलामा पार्ने चिकित्सकमात्र कानूनको कठघरमा पुग्ने बताए । 

मन्त्री ढकालले चिकित्सकलाई आश्वस्त पार्दै भने, “असल नियत राखेर उपचार गर्दागर्दै बिरामीको मृत्यु भए चिकित्सकले कानूनी झमेला व्यहोर्नु पर्दैन ।” 

salt training

कमेन्ट गर्नुहोस्