
काठमाडौं — पेनले लेख्ने हो तर आजकल यो स्टेटस सिम्बोल पनि भएको छ । महंगा पेन राखेर धनीहरूले संसारलाई आफ्नो हैसियत देखाउने गरेका छन् । यहाँ हामी संसारका पाँच महंगा पेनको चर्चा गर्दैछौं ।
फुल्गोर नकटन्ट्स
यो पेनलाई तिबाल्दी नामक कम्पनीले बनाएको हो । यसमा महंगा गहनाहरू जडिएका छन् । यसमा ९४५ वटा काला हीरा र १२३ वटा रुबीहरू टाँसिएका छन् । अनि त पेनको मूल्य करोडौं रुपैयाँ हुने नै भयो ।
अरोरा

हीराका सौखिनहरूलाई यो पेन पर्फेक्ट छ । तीस क्यारेट डी बोअर हीराले सजिएको यो चम्किलो पेनको मूल्य १३ लाख डलर छ । यसलाई बनाउने डायामान्ते कम्पनीले यसमा प्ल्याटिनम र सुन हालेको छ ।
द फो सीजन्स पेन
दश क्यारेट सुनले बनेको पेन मौसमअनुसार रंग बदल्छ । वसन्तमा हरियो, गर्मीमा रातो, शरदमा खैरो र जाडोमा ग्रे रंग यसको विशेष आकर्षण हो । यसको मूल्य ३० हजार डलरभन्दा बढी छ ।
ह्याभन गोल्ड

डिजाइनर अनिता ट्यानले बनाएको यो पेनमा १६१ रंगीन हीरा र ४३ क्यारेट मणि जडिएको छ । यसको मूल्य लगभग १० लाख डलर छ ।
करन दाचे गोथिका पेन
यस पेनको सुन्दरता यसको कलामा भेटिन्छ । यसमा गोथिक कलाको उत्कृष्ट प्रयोग गरिएको छ । यसलाई बनाउन ८९२ हीरा र रुबी अनि पन्ना जस्ता रत्न प्रयोग गरिएको छ ।
एजेन्सी