
विराटनगर –एक युवतीको विभत्स हत्या भएको दुई दिन नबित्दै विराटनगरमा सुरक्षा गार्डको हत्या भएको छ ।
विराटनगरस्थित न्यू बिक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंक भट्टराईको विभत्स हत्या भएको हो ।
५० वर्षीय भट्टराईको शव आँखा फुटाएको र शरीरमा चोट लागेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको हत्या शनिवार राति नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
भट्टराई विराटनगर– ४ ज्योतिनगर टोल निवासी हुन् । घटनाका बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।