
काठमाडौं – प्रधामनन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिनाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न भाषामा सन्देश लेख्नुभएको छ ।
२०७४ साल फागनु ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आइतवार नेपाली, मैथली, भोजपुरी, नेवारी, अंग्रेजी लगायतका भाषामा ट्वीट गर्नुभएको छ ।
‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ । सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ,’ ओलीले ट्वीटमा भन्नुभएको छ ।
फागुन ३ गते प्रधामनन्त्री नियुक्ति भएका ओलीले सोही महिनाको २७ गते संसदबाट विश्वासको मत जित्नुभएको थियो । ६ महिनाको अवसरमा सुशासनको आधारशीला खडा भएको समेत दाबी गर्नुभएको छ ।
प्रधामनन्त्रीको सचिवालयले गतसाता मात्र ओलीका ५ महिने कार्यकालका उपलब्धि सहितको पुस्तिका प्रकाशित गरेको थियो ।
मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ । pic.twitter.com/caMgYhLinX
— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018
It has been six months I have taken responsibility as the Prime Minister. During this time, foreign policy has been strengthened based on prioritizing nation and mutual respect. Additionally, foundation for good governance and development has been set up. pic.twitter.com/9cb8uP2g05
— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018
जिं प्रधानमन्त्रीया जिम्मेवारी कःघानागु थौं खुला क्यन । थ्वया दथुइ देयया प्राथमिकता व थवंथवय् हनाबनाय् आधारित विदेश नीतिया जग स्वनेगु ज्या जूगु दु, सुशासन व विकासया आधारशीला तयार जूगु दु । थ्वहे आधारभूमिइ दनाः लिच्वः खने दइकथं समृद्ध नेपाः दयेकेगु अभिभारा पूवंकेगु जुइ । pic.twitter.com/FDgUGrmEoC
— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018
प्रधानमंत्रीक जिम्मेवारी सम्हारल गेल आइ छ मास पहूँचि गेल अछि । एहिबीच देशक प्राथमिकता आ पारस्परिक सम्मान पर आधारित विदेश नीतिक जग बैसल अछि, सुशासन आ विकासक आधारशीला तैयार भेल अछि । एहि आधारभूमीमे रहिके परिणाममे देखवा सन समृध्द नेपाल निर्माणक अभिभारा पूरा कयल जायत । pic.twitter.com/WcuCARpF9P
— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018
हमराद्वारा प्रधानमन्त्री के पद सम्हारल गइल आज छ महिना पूरा भइल बा।इहेबीच,देश के प्राथमिकता आ पारस्पिरिक सम्मान पर आधारित विदेश नीति के जग तइयार भइल बा,सुशासन आ विकास के आधारशीला तइयार भइल बा।इहे आधारभूमि मे खडा होके परिणाम में देखल जाएके हिसाब से समृद्ध नेपाल निर्माण पूरा कइलजाई। pic.twitter.com/q4l4EvEt4p
— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018