
काठमाडौं – सन् १९५८ मा इम्पिरियल बैंक अफ क्यानडाको ओट्टावा ब्रान्चबाट बैंकका चीफ टेलर २.६० लाख डलर (तीन करोड रुपैयाँ) लिएर भागे । उनी घटनापछि अमेरिका पुगे तर केही दिनमा नै त्यहाँको प्रहरीले उसलाई पक्रियो ।
घटनाको ६० वर्षपछि उनी क्यानडा फर्किंदा बैंक भएको ठाउँमा रेस्टुराँ खुलेको जानकारी पाए । उनी त्यहाँ साथीहरूसँग पुगेर पार्टी दिए ।
उनको कथा थाहा पाएपछि रेस्टुराँले उनको वान्टेड लेखिएको पोस्टर लगायो ताकि मानिस गलत बाटोमा हिँडेको दुष्परिणाम थाहा पाऊन् र शिक्षा लिऊन् ।
सन् २०१८ को अगस्ट १० मा जोनसोन क्यानडा फर्किंदा रिभेरा रेस्टुराँ खुलेको जानकारी पाए । खासमा इम्पिरियल बैंक अफ क्यानडालाई क्यानेडियन इम्पिरियल बैंक अफ कमर्सले लिएपछि सन् १९६१ मा ओट्टावा ब्रान्च बन्द गरिदिएको थियो ।
जोनसोनका साथीले रेस्टुराँमा बूकिङ गरे अनि व्यवस्थापनलाई बताए, ‘म आफ्नो साथीलाई त्यही बैंक भएको ठाउँमा लग्दैछु जसलाई उसले लुटेको थियो ।’
लन्च गरेपछि जोनसोन रेस्टुराँमा घुमे र बैंकको लकर भएको ठाउँमा पनि पुगे । रेस्टुराँले त्यस ठाउँमा बार बनाएको रहेछ ।
जोनसोनले आफ्ना साथी, रेस्टुराँका वाइन डाइरेक्टर म्याकमोहन र हेड शेफसँग बसेर श्याम्पेन पिए र पैसा चोरेकोदेखि पक्राउ परेकोसम्मको कथा सुनाए ।
जोनसोनले सन् १९५८ मा आफू ओट्टावा ब्रान्चको हेड टेलर रहेको जानकारी दिए । त्यतिखेर उनी २० वर्षका थिए ।
उनी शुक्रवारको दिन सहकर्मीहरू छुट्टी हुन लागेको सुरमा बैंकको क्याश गन्न बिर्सने गरेको देख्थे । अनि एक शुक्रवार उनले बैंकको लकरबाट २.६० लाख डलर चोरे । त्यसपछि उनले लकरमा टाइमर लगाइदिए जसले गर्दा
सोमवारअघि त्यो खुल्न सक्दैनथियो । चोरी गरेको भोलिपल्ट उनी पत्नी र आमाका साथ अमेरिकाको डेन्भर गए ।
जोनसोनले डेन्भर क्लबमा पार्टी गरिरहेको बेलामा एक महिला वेटरले वान्टेड पोस्टर हेरेर उनलाई चिनेको र प्रहरीलाई खबर गरेको बताए । प्रहरीले आरोपितबाट चोरिएको अधिकांश रकम असुल्यो तर चार हजार डलर उसले खर्च
गरिसकेको थियो ।
त्यो खर्च भएको रकम उनका पिताले तिरे । जोनसोनलाई चार वर्षको कारावास सजाय सुनाइयो तर सन् १९६० मा उसलाई पेरोलमा रिहा गरियो ।
बैंकमा चोरीको घटना ६ दशक पुरानो भएपनि त्यसले उनलाई जिन्दगीको मूल्य बताइदिएको जोनसोन बताउँछन् । जेलबाट बाहिर आएको दिन जिन्दगीको सबभन्दा राम्रो दिन भएको उनी बताउँछन् ।
एजेन्सी