११ साउन २०८३, सोमबार

२ नम्बर प्रदेश सरकारको काम सन्तोषजनक छैन : राज्यमन्त्री झा

२ नम्बर प्रदेश सरकारको काम सन्तोषजनक छैन : राज्यमन्त्री झा

पर्सा– प्रदेश नं २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले प्रदेश सरकारको हालसम्मका काम कारवाही सन्तोषजनक नरहेको बताएकी छन् । उनले आउने दिनमा बढी जनमुखी भई प्रदेश सरकारले कार्यसम्पादन गर्ने बताइन् । 

राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले आज वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री झाले मधेश आन्दोलनका शहीदलाई सम्मान र घाइतेको व्यस्थापनमा प्रदेश सरकार चुकेको टिप्पणी गर्दै आगामी दिनमा यसतर्फ पहल गरिने बताइन् । 

स्थानीय तहमा भएको अत्यधिक कर वृद्धिले सङ्घीयतालाई कमजोर बनाएको धारणा व्यक्त गर्दै उनले हाल देखिएको कर वृद्धिलाई नियन्त्रण गरी सङ्घीयतालाई बलियो र दीर्घजीवी बनाउनेतर्फ प्रदेश सरकार प्रयत्नशील रहेको जानकारी दिइन् । एक प्रश्नको जवाफमा राज्यमन्त्री झाले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र दर्ता दुई/चार दिनभित्र शुरु  हुने बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्