
धनुषा– धनुषाको जनकपुर– १७ मनोहरपुरमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति सवा ८ बजे ज ९ प ३४६२ नम्बरको मोटरसाइकल आफंै अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक वतन नखुलेका २३ वर्षीय अमनकुमार मण्डल रहेका छन् । दुर्घटनामा परी घाइते भएका उनको उपचारका क्रममा गएराति सवा ९ बजे जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।