
रामेछाप–रामेछापको लिखु तामाकोशी–४ भन्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ साढे ६ बजे बा १ क ७७५४ नम्बरको टिपरको ठक्करबाट स्थानिय ५० वर्षीया सूर्यकुमारी तामाङको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तामाकोशी सहकारी अस्पताल मन्थली गएराति साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।