२७ असार २०८३, शनिबार

कालीमाटी बजार अनुगमनमा गएको टोली चार घण्टा थुनियो, प्रहरी 'स्कटिङ'मा सुरक्षित स्थानमा पुर्‍याइयो

कालीमाटी बजार अनुगमनमा गएको टोली चार घण्टा थुनियो, प्रहरी 'स्कटिङ'मा सुरक्षित स्थानमा पुर्‍याइयो
फाइल तस्वीर

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमनका लागि पुगेको टोलीलाई व्यापारीले चार घण्टा थुनेका छन् । तरकारी बजारको अनुगमन गर्ने क्रममा दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यवसायी तथा विचौलियाको समूहले अनुगमन टोलीलाई थुनेको हो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली सोमबार बिहान ३ बजे अनुगमनका लागि पुगेको थियो । टोलीलाई प्रहरीले 'स्कटिङ' गरेर बजारबाट बाहिर निकालेको थियो । 

अनुगमनका क्रममा टोलीले तरकारी बजारबाट दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको केन्द्रीय अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, बजार अनुगमनका क्रममा अवरोध भयो । हामीलाई चार घण्टासम्म बाहिर निस्कन दिइएन ।’ उनले प्रहरीको सुरक्षामा चारघण्टापछि बाहिर निस्किएको लोकान्तरलाई बताए । अनुगमनमा अवरोध गर्ने र हुलहुज्जत गर्नेलाई कारबाही हुनु पर्ने उनले बताए । टोलीले पसल तथा सवारीहरुको अनुगमन गरेको थियो । 

तरकारीमा बिचौलियाको उपस्थिति शून्यमा झार्ने लक्ष्यसहित टोली विभिन्न स्थानबाट कसरी तरकारी भित्रन्छन् भन्ने सम्बन्धमा अनुगमनका लागि त्यहाँ पुगेको हो । 

पछिल्लो समय तरकारीको मूल्य अस्वभाविक महंगिएपछि केही दिनअघि आपूर्ति विभागको टोली धादिङ, चितवन, मकवानपुर लगायतका तरकारी उत्पादन हुने स्थान पुगेर अनुगमन गरेर फर्केको तिमिल्सिनाले बताए । किसानले पनि वास्तविक मूल्य नपाउने र उपभोक्ताले पनि बढी मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गर्न अनुगमन गर्नु परेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्