१३ असार २०८३, शनिबार

दिल्लीमा किन्नरहरूले सडकमै खोले कपडा, ट्याक्सीमा हाने लात

दिल्लीमा किन्नरहरूले सडकमै खोले कपडा, ट्याक्सीमा हाने लात

काठमाडौं – भारतको राजधानी दिल्लीमा प्रहरी र किन्नरहरूबीच संघर्ष चल्न थालेको छ । 

किन्नर अर्थात् तेस्रोलिंगीहरू रेस्टुराँ, शपिङ मल र मल्टीप्लेक्स बाहिर भेटिन्छन् अनि मानिसलाई बधाई दिँदै पैसा माग्छन् । पैसा दिन नमान्ने मानिसलाई यिनीहरू बेइज्जती गर्छन् । 

प्रहरीले यिनीहरूलाई लखेटेपनि प्रहरीसँग नडराई यिनीहरू सडकमा खुलेआम कपडा खोल्छन् । स्थानीयहरू यिनीहरूलाई देखेर डराउने गरेका छन् । 

यस्तो घटना हौज खास भिलेजनजिक भयो । किन्नरहरूले पैसा धुत्न पाएनन् अनि प्रहरीले पनि उनीहरूलाई लखेट्न खोज्यो । तर उनीहरू जान मानेनन् र मानिसहरूका अगाडि कपडा खोल्न शुरू गरे । 

एक किन्नर त सबै कपडा खोलेर ट्याक्सीमा चढ्यो । ट्याक्सीमा चढेर किन्नरले मानिसलाई फोहोरी इशारा पनि गरेको थियो । 

तीनचारजनाले त ट्याक्सीको एउटा साइडमा लात हाने । बाहिरबाट लात हानेर त्यसलाई फुटाउने कोशिश गरियो । ट्याक्सीवालाले डरका कारण गाडी चलाएनन् र शान्त रहेर त्यहीँ बसिरहे । प्रहरीले सूचना पाएपछि उनीहरूलाई पक्रियो । 

यसरी नै दक्षिण र दक्षिणपूर्वी दिल्लीमा किन्नरका अनेकौं समूह सक्रिय छन् । उनीहरू मानिससँग जबर्जस्ती पैसा माग्ने गरेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्