१६ असार २०८३, मंगलबार

फ्रान्सका लागि पूर्व नेपाली राजदूत काठमाडौंमा मृत भेटिए, हत्या भएकाे अाशंका

फ्रान्सका लागि पूर्व नेपाली राजदूत काठमाडौंमा मृत भेटिए, हत्या भएकाे अाशंका

काठमाडौं– फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा काठमाडौंमा मृत फेला परेका छन् । 

झा काठमाडौंको थापाथलीस्थित निवासमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार टाउकोमा चक्कु प्रहार गरिएको अवस्थामा झाको शव फेला परेको छ । 

प्रहरीले चक्कु प्रहार गरी कसैले झाको हत्या गरेको हुनसक्ने आशंका गरेको छ । 

३४ वर्षसम्म परराष्ट्र सेवामा विताएका झा सन् १९९३ देखि १९९७ सम्म फ्रान्सका लागि नेपाली राजदूत थिए । 

प्रहरीका अनुसार ८० वर्षीय झाकी श्रीमती र घरमा सुरक्षा गार्डको रुपमा काम गर्ने सानु तामाङ पनि घरमै थिए । झाका एक छोरा एक छोरी रहेकोमा दुवै विदेश छन् ।  

घटनास्थलमा रहेका प्रहरी अधिकारीका अनुसार झाको टाउकोमा भान्सामा प्रयोग हुने चक्कु प्रहार गरिएको छ । 

प्रहरीका अनुसार आइतवार राति झा र उनकी श्रीमती बेग्ला बेग्लै कोठामा सुतेका थिए । 

प्रहरीले घटनास्थलको मुचुल्का शंकलन गरी घटनाको अनुसन्धान थालेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्