काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अस्ट्रियाकी परराष्ट्रमन्त्री कारिन निसलसँग नाचेका छन् । निसलको बिहेमा पुगेका पुटिन समारोहमा उनीसँग नाचेका हुन् ।
अस्ट्रियाको दक्षिणी शहर ग्राजमा आयोजित विवाह समारोहमा भाग लिन पुटिन पुगेका थिए । कारिनलाई रुससमर्थक मानिने अस्ट्रियन फ्रीडम पार्टीले परराष्ट्रमन्त्री बनाएको हो ।
त्रिपन्न वर्षीया निसलले व्यापारी वुल्फग्याङ मेलिंगरसँग बिहे गरेकी हुन् । पुटिनका सल्लाहकार युरी उशाकोभले यही वर्ष भिएना भ्रमणका बेलामा निसलले बिहेको निम्तो दिएकी थिइन् ।
पुटिनलाई अस्ट्रिया बोलाएकोमा अस्ट्रियाका विपक्षी दलहरूले परराष्ट्रमन्त्रीको आलोचना गरेका छन् । उनीहरूको भनाइमा निसलले पुटिनलाई बोलाएर युरोपेली संघको परराष्ट्रनीतिलाई अपमान गरेकी छन् । अस्ट्रिया जाँदा पुटिन
जर्मनी पनि पुगेका थिए र चान्सलर अंगेला मर्कलसँग भेटघाट गरेका थिए ।
एजेन्सी