१२ असार २०८३, शुक्रबार

कूटनीतिक क्षेत्रका सुपरिचित व्यक्तित्व थिए केशवराज झा

कूटनीतिक क्षेत्रका सुपरिचित व्यक्तित्व थिए केशवराज झा

काठमाडौं– फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा सोमवार आफ्नै निवासमा मृत फेला परेका छन् । टाउकोमा चक्कु प्रहार गरेको अबस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ । 

केशवराज झा नेपाली कूटनीतिक क्षेत्रमा सुपरिचित नाम हो । केही सयम काठमाडौं त्रिचन्द्र कलेजमा अध्यापन गरेका झा पछि परराष्ट्र सेवामा प्रवेश गरेका थिए । ३४ वर्ष परराष्ट्र सेवामा विताएका झा सन् १९९३ देखि १९९७ सम्म फ्रान्सका लागि नेपाली राजदूत थिए । 

परराष्ट्र सेवामा काम गर्दा उनले न्युर्योर्कस्थित संयुक्त राष्ट्र संघमा काम गरेका थिए । परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल भइसकेको झा कूटनीतिक करिअरको अन्तिममा फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए । 

उनी राजदूत रहेको समयमै तत्कालीन राजा वीरेन्द्रले फ्रान्सको भ्रमण गरेका थिए । राजदूतबाट अबकास पछि उनी एकपटक विश्व सम्बन्ध परिषद्को अध्यक्ष बनेका थिए । 

स्व झाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । झा मृत फेला परेको सेमवार विहान घरमा उनकी पत्नी र कामदार रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्