०५ साउन २०८३, मंगलबार

न्युजील्यान्डकी मन्त्री गर्भवती अवस्थामा साइकल चलाएर पुगिन् अस्पताल

न्युजील्यान्डकी मन्त्री गर्भवती अवस्थामा साइकल चलाएर पुगिन् अस्पताल

काठमाडौं – न्युजील्यान्डकी यातायात राज्यमन्त्री जुली जेन्टर पहिलो सन्तान जन्माउनका लागि आफैं साइकल चलाएर अस्पताल पुगेकी छन् । 

ग्रीन पार्टीकी जेन्टर ४२ हप्ताकी गर्भवती छिन् । कारमा धेरै मानिसका लागि ठाउँ नभएकाले साइकल चढेर जाने निर्णय लिएको उनले बताइन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै ‘आइतवारको सुन्दर बिहान’ लेखिन् । 

यसै वर्षको जुन महिनामा प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बच्ची जन्माएकी थिइन् । अनि यातायात राज्यमन्त्रीले पनि आर्डर्नले जस्तै बच्चा जन्माउनका लागि अकल्यान्ड सिटी अस्पताल छानिन् । 

जेन्टर साइक्लिङप्रेमका लागि चिनिन्छिन् । 

उनका अनुसार, आफूले अघिल्ला हप्ताहरूमा विद्युतीय साइकल चलाउनुपर्ने रहेछ जसले गर्दा बच्चा जन्माउन सजिलो होस् । 

अमेरिकामा जन्मेकी जेन्टर बच्चा जन्माएपछि प्रसूती बिदामा बस्ने भएकी छन् । 

न्युजील्यान्डमा सन् १९७० मा पहिलोपटक एक महिला सांसदले कार्यकालकै बेलामा बच्चा जन्माएकी थिइन् । सन् १९८३ मा अन्य एक महिला नेता कामका बेलामा बच्चालाई स्तनपान गराएर मिडियामा छाएकी थिइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्