१८ असार २०८३, बिहीबार

अस्ट्रेलियामा भयानक खडेरी परेपछि एमु चराहरू पानीको खोजीमा पसे शहर

अस्ट्रेलियामा भयानक खडेरी परेपछि एमु चराहरू पानीको खोजीमा पसे शहर

काठमाडौं – अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित एक शहरमा ठूलो संख्यामा एमु चराहरू भेला भएका छन् । भयानक खडेरी आएपछि चराहरू खाना र पानीको खोजीमा शहर पसेका हुन् । 

उड्न नसक्ने यी चराहरू ब्रोकन हिल नामक स्थानमा खाना र पानीको जोहो गर्न संघर्ष गरिरहेको स्थानीय जनावर उद्धार सेवाले जनाएको छ । 

‘उनीहरू हाम्रो मुख्य सडकमा हिँडिरहेका छन् । उनीहरू भीड नै छ,’ वन्यजन्तु संरक्षण कर्मचारी एम्मा सिंगलटनले बताएकी छन् ।

यसै सन्दर्भमा अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले खडेरीपीडित किसानका लागि अतिरिक्त सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । 

सिड्नीभन्दा ९३५ किलोमिटर पर रहेको ब्रोकन हिलमा एमु चराको समूह ‘मूल सडकमा कुदेको, बगैंचामा पसेर खाएको र फूटबल म्याचहरूमा घुसेको एबीसी न्युजले प्रसारण गरेको छ । 

अस्ट्रेलियाका रैथाने जनावरहरूको उद्धार तथा पुनर्वास संस्थामा काम गर्ने सिंगलटनले भनिन्, ‘खेलकुद हुने मैदानमा १४ वटा एमु चरा थिए । उनीहरू त्यहाँ हप्तौंदेखि थिए । त्यस क्षेत्रका स्थानीयहरूले उनीहरूलाई खाना र पानी
दिइरहेका छन् ।’

रोयटर्स समाचार संस्थाका अनुसार, विगत एक हप्तामा पाँचवटा एमुलाई कारले हिर्काएको छ । तर कुकुरले उनीहरूलाई आक्रमण गर्ने चिन्ता प्रबल रहेको उनी बताउँछिन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्