१७ असार २०८३, बुधबार

इटलीको लाजियोमा उग्रवादीहरूले महिलालाई फूटबल स्टेडियमको पहिलो लहरमा बस्न नदिने पर्चा छरे

इटलीको लाजियोमा उग्रवादीहरूले महिलालाई फूटबल स्टेडियमको पहिलो लहरमा बस्न नदिने पर्चा छरे

काठमाडौं – इटलीको लाजियो शहरका कुख्यात उग्रवादीहरूले महिलालाई उनीहरूको ‘पवित्र स्थान’ मा नआउनू भनी स्टाडियो ओलिम्पिकोमा पर्चा बाँडेपछि आक्रोश फैलिएको छ । यस सीजनमा नेपोलीविरुद्ध  आफ्नो टीमको
पहिलो खेल शुरू हुनुअघि उनीहरूले यस्तो हर्कत गरेका थिए । 

‘कर्भा नोर्ड हाम्रा लागि पवित्र स्थान हो र यसलाई सम्मान गर्नुपर्छ भनी अलिखित नियम बनेको छ,’ पर्चामा लेखिएको छ । ‘शुरूका केही लहरहरूमा जहिले पनि ट्रेन्च जस्तो अनुभव हुन्छ । ट्रेन्चमा हामीहरू महिला, पत्नी र प्रेमिकालाई
बस्न दिँदैनौं त्यसैले उनीहरूलाई पछाडिको दशौं लहरमा बस्न भन्छौं ।’

‘रंगशालालाई भिल्ला बोर्गिज बगैंचाको विकल्पका रूपमा रोमान्टिक बनाउन खोज्नेहरू अन्य भागमा जान सक्छन् ।’

लाजियो फूटबल क्लबका प्रवक्ता आर्तुरो डियाकोनालले इटालेली समाचार संस्था अन्सालाई ‘यो हाम्रो क्लबको भनाइ हैन, हामी सबै किसिमका विभेदविरुद्ध छौं’ भने । आइतवारको खेलमा लाजियो नेपोलीविरुद्ध १–२ गोलले पराजित भएको थियो । 

उनले थपे, ‘लाजियोका धेरै प्रशंसकहरू छन् र यो हर्कत केही मात्र प्रशंसकले गरेका हुन् । यस्ता अभद्र प्रदर्शनलाई रोक्नका लागि हामी सधैं हस्तक्षेप गर्न सक्दैनौं ।’

लाजियोका केही प्रशंसकले अघिल्लो सीजनमा रोमस्थित स्टाडियो ओलिम्पिकोमा एन्नी फ्रान्कले रोमा क्लबको जर्सी लगाएको तस्वीर छरेका थिए । फ्रान्क यहुदी नरसंहारमा मारिएकी किशोरी थिइन् । 

त्यतिखेर इटालेली फूटबल महासंघले लाजियोलाई प्रशंसकहरूबाट यहुदीविरोधी गतिविधि देखिएको भनी ५० हजार युरो जरिवाना तिराएको थियो । 

लाजियोमा यहुदीविरोधी घटनाहरू भइरहँदा विगतमा सजायका रूपमा उसको रंगशालालाई घरेलु तथा अन्तर्राष्ट्रिय दुवै खेलका लागि आंशिक वा पूर्ण बन्द गराइएको छ । 

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्