२५ असार २०८३, बिहीबार

निर्मला पन्त हत्याकाण्ड : २५ दिनपछि पक्राउ परेका अभियुक्त सार्वजनिक

निर्मला पन्त हत्याकाण्ड : २५ दिनपछि पक्राउ परेका अभियुक्त सार्वजनिक

काठमाडौं– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

सोमवार अपराह्न पत्रकार सम्मेलनमार्फत कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डका अभियुक्त सार्वजनिक गरेको हो । 

निर्मलाको बलात्कारपछिको हत्या अभियोगमा पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह बिस्ट छन् । 

निर्मलाको बलात्कार पछि हत्या भएको २५ औं दिनपछि प्रहरीले घटनाका अभियुक्तको रुपमा सोमवार सार्वजनिक गरेको हो । 

प्रहरीले उनलाई सोमवारै जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । 

बिस्टले निर्मलाको बलात्कार पछि हत्या गरेको स्वीकार गरेका प्रहरीको दावी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्