१२ असार २०८३, शुक्रबार

कप्तानको शतकीय पारीसँगै भारत बलियो अवस्थामा

कप्तानको शतकीय पारीसँगै भारत बलियो अवस्थामा

काठमाडौं–कप्तान विराट कोहलीको शतकीय पारीसँगै तेस्रो टेस्टको दुवै पारीमा भारतीय टोलीले राम्रो प्रदर्शन गरेको छ । पहिलो पारीमा ३२९ रन बनाएको भारतीय टोलीले दोस्रो पारीमा सात विकेटमा ३५२ दुई रन बनाएर पारी समाप्तीको घोषणा गरेको छ ।

दोस्रो पारीमा कोहलीले शतकीय पारी खेले । उनले १० चौकाको सहयोगमा १०३ रन बनाए । पहिलो पारीमा कोहलीले ९७ बनाएका थिए ।

सोमबार नै दोस्रो पारीको ब्याटिङ्ग थालेको घरेलु टोली इंग्ल्याण्डले दिनको खेल सकिँदा बिना विकेटको क्षतिमा २३ रन बनाएको छ । उसलाई जितका लागि अब ४९८ रन आवश्यक छ । लगातार दुई हारसहित भारतीय टोली पाँच टेस्टको शृङ्खलामा २–० ले पछि रहेको छ । तर तेस्रो टेस्टमा भने उसले राम्रो गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्