
दक्षिण भारतका चर्चित फिल्म स्टार चिरञ्जिवीको जन्म २२ अगस्ट १९५५ मा भएको थियो ।
उनका बुबा प्रहरीमा थिए । चिरञ्जीवीको बाल्यकाल गाउँमा वितेको थियो । उनको रुचि बाल्यकालदेखिनै अभिनयमा थियो । चिरञ्जीवी टलिउडमा एक मात्र यस्ता अभिनेता हुन् जसको आफ्नो सिंगल, डबल र त्रिपल रोल भएको फिल्मले हलमा सय दिन सम्म व्यापार गर्ने रेकर्ड बनाएको छ।
उनी साउथका एक मात्र त्यस्ता कलाकार हुन् जसलाई १९८७ मा ओस्कार एकेडेमीले आफ्नो कार्यक्रममा आमन्त्रण गरेको थियो ।
एक समय यस्तो थियो कि उनले अमिताभ बच्चन भन्दा धेरै फिस फिल्म खेले बापत लिन्थे । अमिताभले एक फिल्म खेल्दा १ करोड लिन्थे भने चिरञ्जिवीले १.५ करोड रुपैयाँ लिने गरेका थिए ।
चिरञ्जीवीको वास्तविक नाम कोनीडेला शिवशंकर वारा प्रसाद हो । पछि उनले आफ्नो नाम चिरञ्जीवी राखेका थिए ।
चिरञ्जीवीले फिल्ममा नाम कमाएपछि २००८ मा राजनीतिमा आए । उनले आफैंले प्रजा राज्यम नामक पार्टी पनि बनाए । पछि उनले पार्टीलाई कांग्रेसमा विलय गराए । उनी मन्त्री पनि बनिसकेका छन् ।