
विहान भारत नयाँ दिल्लीको संगम विहारमा जब विहान मानिस उठे र पत्रिका पढे तब उनीहरुको होस उड्यो ।
६२ वर्षकी 'अपराधकी आमा बसीरन गिरफ्तार' यस्तो र यस्तै खालका कयौं शीर्षकमा ती महिलाबारे उल्लेख गरिएको थियो ।
जसको बारेमा त्यस इलाकाका मानिस सायद कयौं वर्षदेखि जानकार थिए ।
गडफादर त निकै हुन्छन् तर गडमदर कहिलेकाही मात्र जन्मछन् जजसले आफ्ना बालबालिकाहहरुसँग मिलेर गिरोह निर्माण गरेकी थिइन् । यति धेरै बच्चा पनि यसैकारण जन्माएका होलान् ।
उनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनी आफ्ना आठ छोरासहित गिरोह चलाइ रहेकी थिइन् । एउटा छोरो जेल जाना साथ अर्को छोरा असुलीमा लाग्थ्यो ताकि जमानतको रकम जोहो गर्न सकियोस् ।
प्रहरीका अनुसार यी महिला फिरौती, पानी व्ल्याकमा कारोबार गर्थिन् । उनी प्रहरीको आँखा छलेर भाग्न पनि माहिर थिइन् । उनको नजिक पर्न जो कोही पनि डराउँथ्यो ।