
काठमाडौं – केही दिनयता बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा हिट छिन् ।
सलमान खानको फिल्म 'भारत' छोडेर चर्चा बटुलेकी प्रियंकाले अमेरिकी गायक निक जोनससँग टीकाटालो र रोका गरेपछि समारोहका तस्वीरहरू सामाजिक सञ्जालमा छाएका थिए ।
'भारत' छोडेको भएपनि प्रियंकाले बलिउड त्यागेकी हैनन् । उनी 'कृष ४' मा काम गर्न सहमत भएको मनोरञ्जनात्मक मिडिया साइटहरूले खबर दिएका छन् ।
सूत्रले बताएअनुसार, प्रियंका अन्तर्राष्ट्रिय कलाकार भइसकेकाले राकेश रोशनलाई अब उनी बलिउड फिल्ममा नखेल्लिन् भन्ने लागेको थियो तर प्रियंकासँग उनको पुरानो मित्रता भएका कारण प्रियंकाले फिल्म खेल्न सहमति जनाएकी हुन् ।
'कृष ४' को शूटिङ अर्को वर्ष शुरू हुने खबर छ ।
शनिवार प्रियंका र निकले टीकाटालो गरेर सबै अनुमानलाई विराम दिएका छन् ।
टीकाटालो गरेको भोलिपल्ट प्रियंका र निक मुम्बईस्थित एक अनाथालय पुगे । उनीहरूसँग निकटका साथी र परिवारका सदस्य थिए ।
एजेन्सी