०४ असार २०८३, बिहीबार

बेलायती बैंकको प्रशंसनीय पहल : महिला कर्मचारीको सन्तानलाई दूध उपलब्ध गराउने

बेलायती बैंकको प्रशंसनीय पहल : महिला कर्मचारीको सन्तानलाई दूध उपलब्ध गराउने

काठमाडौं – बेलायतमा गोल्डम्यान स्याक्स बैंकले नयाँ हिल शुरू गरेको छ । कम्पनीले आफ्ना महिला कर्मचारीहरू ड्युटीमा हुँदा उनीहरूका नवजात शिशुलाई घरैमा गएर आमाको दूध दिने भएको छ । 

यसका लागि महिला कर्मचारीलाई फ्रीजिङ किट उपलब्ध गराइनेछ । डेलिभरीका लागि मिल्कशिप नामक कम्पनीसँग सम्झौता गरिएको छ । यसको खर्च कम्पनीले उठाउनेछ ।

घरबाट कार्यालय टाढा भएका महिलालाई यो सुविधाले फाइदा गर्नेछ । 

कम्पनीका अनुसार, महिलाहरूलाई एकैचोटि बच्चाको स्याहार र जागिर गर्न गाह्रो हुन्छ । त्यसैले कम्पनीले उनीहरूको सहायता गर्न लागेको हो । कम्पनीले यसबाट लगभग ६ हजार कम्पनीलाई फाइदा हुने अनुमान गरेको छ । 

यो सुविधा बेलायतको कुनै पनि कम्पनीमा पहिलोटक दिइएको कम्पनीका अधिकारी बताउँछन् । अमेरिकामा आईबीएम र एक्सेन्चर कम्पनीले यो सुविधा दिइरहेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्