२५ असार २०८३, बिहीबार

साउदी अरबमा ५ मानवअधिकारकर्मीलार्इ मृत्युदण्डको सजाय माग

साउदी अरबमा ५ मानवअधिकारकर्मीलार्इ मृत्युदण्डको सजाय माग
सा‌ंकेतिक तस्बिर

रियाद– साउदी अरबको सरकारी अभियोक्ताले पाँच मानव अधिकारकर्मीहरुलाई मृत्युदण्डको माग गरेका छन् । उनीहरुविरुद्ध हाल एक गोप्य आतंकवादी अदालतमा सुनावाई चलिरहेको छ । यो कुरा ह्युम्यान राईट वाचले बाहिर ल्याएको हो ।

पक्राउ परेकामध्ये एक इस्रा अल–घोम्घम पनि छिन् । साउदी अरबका अभियानकर्मीहरुका अनुसार उनी सम्भवत मानव अधिकारसम्बद्ध भएकामध्ये मृत्युदण्ड सामना गर्ने पहिलो महिला हुन् । 

उनीमाथि विरोध भड्काएको र आन्दोलनकारीहरुलाई नैतिक समर्थन दिएको जस्ता आरोप लगाइएको छ ।

“कुनै पनि प्रकारको मृत्युदण्ड आलोचनायोग्य हुन्छ तर इस्रा अल–घोमघमजस्ता हिंस्रक क्रिया गरेको आरोप समेत नलागेका अभियानकर्मीहरुलाई मृत्युदण्ड दिन खोज्नु दानवीयता हो,’ ह्युमन राईट्स वाचका मध्यपूर्व निर्देशक साराहा लेह ह्वाइटसनले बुधबार जारी गरेको एक वक्तव्यमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्