०४ साउन २०८३, सोमबार

केटा साथीसँग गोदावरी घुम्न गएकी किशोरीमाथि बलात्कार प्रयास

केटा साथीसँग गोदावरी घुम्न गएकी किशोरीमाथि बलात्कार प्रयास

काठमाडौं– ललितपुरको गोदावरीमा घुम्न गएकी एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । 

चिनेका केटा साथीसँग मोटरसाइकलमा घुम्न गएकी १८ वर्षीय युवतीमाथि गोदावरीमा बलात्कार प्रयास भएको हो । 

केटा साथीले काठमाडौंको गोंगबुबाट घुम्न जाउँ भनेपछि गोदावरी पुगेकी किशोरीले केटा साथीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । 

प्रहरीले उजुरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको बताएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले गोदावरी घुम्न गएकी युवतीले केटा साथीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दिएको बताए । 

‘युवतीका तर्फबाट उजुरी प्राप्त भए पछि अनुसन्धान अगाडि बढाएका छौं,’ एसएसपी धानुकले लोकान्तरसँग भने, ‘युवतीले भनेअनुसार बलात्कार प्रयास गर्ने युवकको खोजी भइरहेको छ ।’  


 

salt training

कमेन्ट गर्नुहोस्