११ असार २०८३, बिहीबार

साइकल चलाएर अस्पताल पुगेकी न्युजील्यान्डकी मन्त्रीले जन्माइन् छोरो

साइकल चलाएर अस्पताल पुगेकी न्युजील्यान्डकी मन्त्रीले जन्माइन् छोरो

काठमाडौं – न्युजील्यान्डकी महिलामन्त्री जुली यान गेन्टरले साइकल चलाएर अस्पताल पुगेपछि छोरो जन्माएको घोषणा गरेकी छन् । 

यसै वर्ष बच्चा जन्माउने न्युजील्यान्ड सरकारकी उनी दोस्री सदस्य हुन् । उनीअघि प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बच्ची जन्माएकी थिइन् । 

गेन्टरले मंगलवार राति अकल्यान्ड अस्पतालमा छोरो जन्माएकी हुन् । त्यही अस्पतालमा प्रधानमन्त्री आर्डर्नले छोरी नेभे टे आरोहा जन्माएकी थिइन् । 

‘मेरा पति पिटर र हाम्रो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न पाउँदा खुशी छौं,’ गेन्टरले इमेल गरिएको एक सन्देश लेखिन्, ‘म धाईआमाहरूबाट पाएको सहयोग र हाम्रो सार्वजनिक स्वास्थ्य प्रणालीलाई धन्यवाद दिन्छु ।’

अडतीस वर्षीया गेन्टरले आफू गर्भवती रहेको घोषणा फेब्रुअरी महिनामा गरेकी थिइन् । त्यसको एक महिनाअघि प्रधानमन्त्री आर्डर्नले गर्भवती घोषणा गरेकी थिएन् । 

सांसदका सन्तानलाई बहस कक्षमा आमाबुवासँग आउने अनि संसद्को पौडीपोखरीमा पौडी खेल्न छुट दिइएको छ । नवमातामैत्री संसद्का लागि सभामुखले गरेको प्रयासपछि यो सम्भव भएको हो । 

गेन्टरले जागिरबाट तीन महिनाको छुट्टी लिनेछिन् । उनले यातायात र स्वास्थ्य मन्त्रालय पनि सम्हालेकी छन् । उनी नोभेम्बर महिनाको मध्यबाट काममा फर्किनेछिन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्