०४ साउन २०८३, सोमबार

म राजनीतिक जोगी हुँः प्रधानमन्त्री ओली

म राजनीतिक जोगी हुँः प्रधानमन्त्री ओली

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताएका छन् । 

आज झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उनले भने “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ । ” 

प्रधानमन्त्री ओलीले जनताले अब केही वर्षभित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने बताउँदै सरकारले अघि सारेको समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत भएको धारणा व्यक्त गरे । 

“सरकारको एक मात्र लक्ष्य विकास र समृद्धि हो”, उनले भने, “यस महान् अभियानमा सबै राजनीतिक दल र जनताको सकारात्मक सहभागिताको आवश्यकता छ ।” 

प्रधानमन्त्री ओलीले आफू राजनीतिक जोगी भएको चर्चा गर्दै अबको आफूले सबै समय देश र जनताका लागि लगानी गर्ने लक्ष्य लिएको बताए ।  


 

salt training

कमेन्ट गर्नुहोस्