काठमाडौं, ९ फागुन– सिन्धुलीको शीतलपाटी गाविसस्थित त्रिवेणीमा बिपी राजमार्ग भासिन पुगेको छ ।

आइतबार राति गएको पहिरोसँगै सडक भासिएन पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सडक भासिएसँगै सिन्धुली–बर्दिबास हुँदै चल्ने गाडी चल्न पाएका छैनन् भने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।
पहिरोका कारण खोटाङ्ग सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर तथा तराईका जिल्लाहरुमा जाने गाडीहरु रोकिँदा यात्रुहरु मर्कामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार ३० फिट सडक भासिएको छ । सडक मुन्तिर सुनकोशी नदी भएकाले तत्काल बाटो खुलाउन समस्या भएको प्रहरी भनाई छ ।
जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्गमा दुई वर्षअघिदेखि साना गाडी चल्न सुरु भएको हो । यो रार्जमार्जमा ठूला गाडी चल्दैनन् ।
फोटोः राकेश महर्जन