१२ असार २०८३, शुक्रबार

दाताकाे सहयाेगमा स्वास्थ्यचौकीकाे भवन निर्माण, सेवा प्रवाह सहज

दाताकाे सहयाेगमा स्वास्थ्यचौकीकाे भवन निर्माण, सेवा प्रवाह सहज
सन्दर्भ तस्वीर

तेह्रथुम-  तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ । स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् । 

स्वास्थ्यचौकीका लागि ११ कोठे भवन निर्माण भएपछि अब २४ घण्टे प्रसूति सेवासमेत शुरु भएको छ । भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर, इन्द्रबहादुर, गणेशबहादुर, हृदयमान र प्रेमबहादुर सम्बाहाम्फेले आफ्ना स्व बुबा टङ्कबहादुर र आमा मनमायाको स्मृतिमा पाँच रोपनी जग्गा आठ कोठा निर्माणका लागि रु ३९ लाख सहयोग गर्नुभएको हो । 

यस्तै खेलप्रसाद लिम्बूले आफ्ना बुबा मनबहादुर र आमा निमाको स्मृतिमा एक रोपनी जग्गा र तीन कोठे भवन निर्माणका लागि रु १५ लाख सहयोग गर्नुभएको छ । भवन निर्माणपछि स्वास्थ्यचौकीको सेवा प्रवाहमा सहज भएको छ । 

नवनिर्मित भवनको बुधबार म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो । कार्यक्रममा नगर प्रमुख तुम्बाहाम्फेले नगर क्षेत्रको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सहयोग गर्ने समाजसेवी दम्पतिलाई धन्यवाद प्रकट गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्