काठमाडौं — धनीहरूको खबर दिने फोर्ब्स पत्रिकाले सन् २०१८ मा सर्वाधिक कमाइ गर्ने पुरुष अभिनेताहरूको सूची जारीि गरेको छ ।
सूचीको पहिलो स्थानमा हलिउड अभिनेता जर्ज क्लूनी रहेका छन् भने उनलाई ड्वेन जोनसोन अर्थात् रकले पछ्याएका छन् ।
क्लूनीको वार्षिक कमाइ २६८० करोड रुपैयाँ छ ।
बलिउडका सुपरस्टार अक्षय कुमार र सलमान खान पनि सूचीको शीर्ष दश स्थानमा परेका छन् । अक्षय सातौं र सलमान नवौं नम्बरमा रहेका छन् ।
अक्षय कुमारको वार्षिक कमाइ ४०० करोड रुपैयाँ छ भने सलमानको कमाइ ३८६ करोड रुपैयाँ छ ।
अघिल्लो महिना संसारमा सबभन्दा धेरै पैसा लिने शीर्ष १०० मनोरञ्जनकर्मीहरूको सूचीमा पनि अक्षय र सलमान परेका थिए । त्यसमा अक्षय ७६औं र सलमान ८२औं स्थानमा थिए ।
These are the world's highest-paid actors of 2018:https://t.co/a5U6fhVXOa pic.twitter.com/w38uwBf3Yi
— Forbes (@Forbes) August 22, 2018