
कञ्चनपुर –बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घटनाका अभियुक्तलाई कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएपछि कञ्चनपुर तनावग्रस्त बनेको छ ।
बुधवारसम्म जिल्ला प्रशासन कार्यालय गेट अगाडि भइरहेको प्रदर्शन अनियन्त्रिक बन्दै गएपछि प्रशासनले कार्यालय अगाडि निषेधाज्ञा जारी गरेको थियो । प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले गोली चलाएको जनाइएको छ ।
प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै सर्वसाधारण आक्रोशित भएर लगातार प्रदर्शन गरिरहेका छन् । प्रहरीको छानविनप्रति विश्वस्त हुन नसकेर सर्वसाधारण सडकमा उत्रिएका छन् । कञ्चनपुरको सदरमुकाम लगायत विभिन्न स्थानीय बजारमा समेत प्रदर्शन भइरहेको छ ।












