
काठमाडौं — भारतका वरिष्ठ पत्रकार कुलदीप नय्यरको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी दशकौंदेखि पत्रकारितामा सक्रिय थिए ।
सन् १९२३ मा पाकिस्तानको सियालकोटमा जन्मेका नय्यरका अनेकौं पुस्तक प्रकाशित छन् ।
नय्यरले करीयरको शुरूआत ऊर्दू प्रेस रिपोर्टरका रूपमा गरेका थिए । उनी दिल्लीबाट निस्कने अखबार द स्टेट्सम्यानको सम्पादक पनि रहिसकेका थिए ।
सन् १९९० मा उनलाई बेलायतको उच्चायुक्त नियुक्त गरिएको थियो । सन् १९९७ मा उनलाई राज्यसभामा नामांकित गरिएको थियो ।
डेक्कन हेराल्ड, द डेली स्टार, द सन्डे गार्जियन, द न्युज, द स्टेट्सम्यान, द एक्सप्रेस ट्रिब्युन पाकिस्तान लगायत ८० पत्रिकाका लागि उनले १४ भाषामा कोलम र अपएड लेख्दै आएका थिए ।
नय्यरले बिटवीन द लाइन्स, डिस्टेन्ट नेबर्स ः अ टेल अफ द सब कन्टिनेन्ट, इन्डिया आफ्टर नेहरु लगायतका पुस्तक लेखेका छन् ।
एजेन्सी