०२ असार २०८३, मंगलबार

फेक न्युज फिल्टर गर्न वैज्ञानिकहरूले ल्याए नयाँ प्रणाली

फेक न्युज फिल्टर गर्न वैज्ञानिकहरूले ल्याए नयाँ प्रणाली

काठमाडौं — अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले फेक न्युजलाई आफैं फिल्टर गर्ने प्रणाली विकसित गरेका छन् । 

एल्गोरिदममा आधारित यो प्रणालीमार्फत फेक न्युजलाई चिनेर नियन्त्रण गर्न सजिलो हुनेछ । अनुसन्धानकर्ताहरूका अनुसार, मशिनले फेक न्युज मानिसले भन्दा राम्रो गरी पत्ता लगाइदिन्छ । 

अध्ययनले फेक न्युज पत्ता लगाउन मानवले ७० प्रतिशत सफलता पाएकोमा एल्गोरिदममा आधारित प्रणाली ७६ प्रतिशतसम्म सफल रहेको देखाएको छ । 

फेक न्युज पहिचानका लागि भाषा विश्लेषण दृष्टिकोण उपयोग गर्न सकिन्छ जसले अन्य स्टोरीसँग तथ्यको तुलना गरेर फेक न्युजको वास्तविकता उजागर गर्छ । 

मिशिगन विश्वविद्यालयका प्राध्यापक रड मिहालसीले स्वचालित समाधान फेक न्युजको सामना गर्ने साइटका लागि महत्त्वपूर्ण हुन्छ । फेक न्युजको प्रयोग धेरै क्लिक पाउन वा सार्वजनिक मत बदल्न प्रयोग गर्ने गरिएको छ ।

सामाजिक सञ्जालले फेक न्युज पत्ता लगाउन मानव सम्पादकमा भर पर्ने गरेको छ । उनीहरू समाचारको प्रवाहअनुसार फेक न्युज अनुमान लगाउँछन् । 

यसबाहेक अहिलेको प्रविधिले प्रायः बाहिरी तथ्यमार्फत समाचारको सत्य परीक्षण गर्ने गरेका छन् र नयाँ खबरमा यसले काम गर्दैन । खबर झुटो भएको पत्ता लागुन्जेल हानि भइसकेको हुन्छ । 

एल्गोरिदम कम्प्युटरको अदृश्य तर आवश्यक प्रोग्राम हो जसलाई कम्प्युटर प्रोग्रामिङमा आएको समस्याको समाधान तयार हुन्छ । विशाल डाटाबेसमा कन्टेन्ट फिल्टरिङको काम गर्नका लागि एल्गोरिदम आवश्यक हुन्छ । 

एल्गोरिदमहरूले गूगल सर्च र फेसबूक फीड पनि सञ्चालित गर्छन् र हिंसा, पोर्नोग्राफी तथा जातिभेदी कन्टेन्टलाई पनि सेन्सर गर्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्