११ असार २०८३, बिहीबार

कञ्चनपुरमा दिउँसो ३ बजेदेखि कर्फ्यू आदेश जारी

भदौ ७, २०७५
कञ्चनपुरमा दिउँसो ३ बजेदेखि कर्फ्यू आदेश जारी

कञ्चनपुर – बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलन चर्कंदै गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले बिहीवार दिउँसो ३ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कर्फ्यू लगाएको हो । भीमदत्त नगरपालिका वडा नम्बर १८ र ४ मा कर्फ्यू लागू हुनेछ । प्रहरीले गोली चलाएपछि आन्दोलनकारी थप उग्र हुँदै गइरहेकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू लगाएको जनाइएको छ ।

उग्र आन्दोलन नियन्त्रणमा लिन भन्दै प्रहरीले बिहीवार गोली चलाउँदा १० जना आन्दोलनकारी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालिरहेका एसएसपी विक्रम चन्दले कर्फ्यू लगाइएको जानकारी दिए ।

बलात्कार घटनामा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेर वास्तविक अभियुक्त बचाउन खोजेको भन्दै स्थानीय वासिन्दा आक्रोशित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्