१० साउन २०८३, आइतबार

बालिका हत्याकाण्डले दिनभर अशान्त बन्यो कञ्चनपुर,  राती कर्फ्यू

बालिका हत्याकाण्डले दिनभर अशान्त बन्यो कञ्चनपुर,  राती कर्फ्यू

भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनले भीमदत्तनगर आज दिनभर अशान्त भएको छ । 

ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडपमा परी दुवैतर्फ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीतर्फ नौ जना घाइते भएका छन् भने आन्दोलनकारीतर्फ छ जना घाइते भएका छन् । 

प्रहरीले स्थिति नियन्त्रणमा लिन ५६४ राउण्ड अश्रग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए। प्रहरीको गोली र छर्रा लागी घाइते भएका आन्दोलनकारीको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झण्डै डेढ घण्टा ढुङ्गामुढा भएको थियो । आन्दोलनले उग्ररुप लिन थालेपछि आज बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर क्षेत्रमा कफ्र्यु लगाइएको छ । 

कफ्र्यु लागेपछि नेपाली सेनाको भरतपुर ब्यारेकका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कफ्र्यु जारी गरिएका क्षेत्रमा गस्ती थालेका छन् । झडपका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ । 

घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । 
मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो । आन्दोलनमा स्थानीय, नागरिक समाज, नागरिक सङ्घर्ष समिति, व्यापार व्यवसायी उत्रेका छन् । तीन दिनदेखि भीमदत्तनगर बजार बन्द छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्